बालकविता : कमिलाको ताँती - रचना चौतारी

Breaking

Powered By Blogger

July 27, 2024

बालकविता : कमिलाको ताँती


 कमिलाको ताँती (बालकविता)


खुसी भए बाजे
खुसी भयो नाति
देखेपछि आहा
कमिलाको ताँती

मिलिजुली हिँड्छन्
भई साथी साथी
नपत्याए हेर
कमिलाको ताँती

लाइन नबिगारी
गर्छन् तलमाथि
हेरिराखूँ जस्तो
कमिलाको ताँती

पहाड बोक्न सक्ने
बलिया र आँटी
मान्छेभन्दा जाती
कमिलाको ताँती

--------------------
२०८१/०४/११
भोर्लेटार, लमजुङ
सायद पाठ को फोटो हुनसक्छ

No comments:

Post a Comment