सम्बन्ध (लघुकथा)
- रमेशचन्द्र घिमिरे
गाउँका
स्थानीय नेताको देहावसान भयो । उनी कुनै अमुक पार्टीका सक्रिय कार्यकर्ता थिए ।
सख्त बिरामी परेदेखि नै सहरिएका र बिदेसिएका छोराछोरी एवम् बुहारीहरूले बालाई स्याहारसुसार अनि रेखदेख गरेकै थिए ।
एक दुईजना आफन्तहरूलाई कुर्नुपर्ने थियो ती सबै आइसके ।
यता रुवाबासी चल्दै थियो । उता गाउँलेहरूले तयारी पूरा गरिसकेका थिए ।
'अब दाहसंस्कारका लागि ढिलो गर्नुहुन्न, गइहाल्नुपर्छ । यहाँ राखिराख्नु भनेको सबैलाई रुवाउनु मात्रै हो ।'
गाउँलेहरू भन्दै थिए ।
घाटमा लगेपछि पनि धेरै बेर नै कुर्नुपर्ने भयो ।
'किन अल्मल्याई राखेका होलान्, है ?' एउटा गाउँलेको प्रश्नमा अर्को गाउँलेले उत्तर दिए,'नेतालाई कुरेका रे नि त !'
धेरै ढिला गरेर नेता आए, श्रद्धाञ्जलि दिए, झन्डा ओढाए र 'हतार छ' भनेर तुरुन्तै फर्किहाले ।
पछि दुईचार जना मात्रै दाजुभाइ र आफन्त त्यहाँ रहे । तिनीहरूसँग मृतकका परिवारको पार्टीगत भन्दा पनि आत्मीय सम्बन्ध बढी थियो ।

---------------------------------------------------------------
No comments:
Post a Comment