ठेकी (बालकविता)
- रमेशचन्द्र घिमिरे
स्कुलबाट फर्किँदा जब उसले देखी
बाले ल्याउनु भएको दही मथ्ने ठेकी
कताबाट हाम्रो घरमा आयो चिज यस्तो
झट्ट हेर्दा देखिने माटे गाग्रो जस्तो
सोधी सानी बैनीले मेरो बाटो छेकी
मैले भनेँ यही त हो नि मही पार्ने ठेकी
दूध यसमै राखेर जमाउने रे भरे
भात खाइसकेर खन्याउने अरे
भोलि सँगै मथौँला नि समाएर नेती
नौनी घिउ बनाउने काठको यो ठेकी ।
************************
२०८०/०५/३१
भोर्लेटार लमजुङ
No comments:
Post a Comment