रमेशचन्द्र घिमिरे |
खुसुखसु मेरै जिउमा छुन किन पर्यो ?
यति साह्रै चक्चके तँ हुन किन पर्यो ?
यति साह्रै चक्चके तँ हुन किन पर्यो ?
मेरो पनि जिउ हो बाबै मलाई पनि दुख्छ
तँलाई मैले प्याट्ट पारे तेरो मिति पुग्छ
यसो भन्दै मैले त्यसो गर्दिनँ नि तर
मैले मात्रै सहनै पर्छ भन्ने कहाँ छ र ?
मेरै रगतले मुख धुन किन पर्यो ?
यति साह्रै अटेरी तँ हुन किन पर्यो ?
गालाबाट सर्दै–सर्दै गोडातिर झर्छस्
एकै ठाउँमा नबसेर हैरान मात्रै गर्छस्
सुत्न खोजूँ तैँले गर्दा निद्रा भाग्छ मेरो
दुःख नदिऊँ भन्ने बुद्धि कैले आउँछ तेरो ?
कानमा आई किनिनिनी रुन किन पर्यो ?
यति साह्रै गन्गने तँ हुन किन पर्यो ?
यति साह्रै गन्गने तँ हुन किन पर्यो ?
-------------------------------------------------
No comments:
Post a Comment