पुस्तकहरू पढ्न थालेदेखि नै मलाई लेखनप्रति
पनि आकर्षण बढेको थियो । काल्पनिक कथाका लेखकहरूको जिन्दगी मलाई निकै रमाइलो लाग्न
थालेको थियो ।
केही सोच्यो र त्यसलाई शब्दहरूमा ढाल्ने प्रयत्न गर्यो । कथालाई आफ्नो ढङ्गले ओल्ट्याई, पोल्ट्याई गरेर कसो गर्दा ठीक होला भन्दै, सोच्दै अगाडि बढाउनु निकै कष्टकर काम हो, तर पनि त्यसमा बेस्सरी चाख लाग्यो मलाई ।
केही सोच्यो र त्यसलाई शब्दहरूमा ढाल्ने प्रयत्न गर्यो । कथालाई आफ्नो ढङ्गले ओल्ट्याई, पोल्ट्याई गरेर कसो गर्दा ठीक होला भन्दै, सोच्दै अगाडि बढाउनु निकै कष्टकर काम हो, तर पनि त्यसमा बेस्सरी चाख लाग्यो मलाई ।
त्यसैले कुनै पनि एक विषय उठाएर लेख्ने प्रयास
म केही समयदेखि गरिरहेको छु । भलै एक काल्पनिक कथा लेख्नका निम्ति म तयार छैन, तर आफूले देखेका र भोगेका घटनाहरू लेख्नको लागि मलाई अरु लेखकहरूबाट निकै
उर्जा मिलिरहेको छ ।
नढाँटी भन्नुपर्दा, विशेष गरी मलाई आजसम्ममा निकै प्रभावकारी र उत्कृष्ट लागेको पुस्तक हो -‘पल्पसा क्याफे’ ।
नढाँटी भन्नुपर्दा, विशेष गरी मलाई आजसम्ममा निकै प्रभावकारी र उत्कृष्ट लागेको पुस्तक हो -‘पल्पसा क्याफे’ ।
औपन्यासिक कृतिका रूपमा रहेको यस पुस्तकमा
पत्रकार र लेखक नारायण वाग्लेको निकै मेहनत देखिन्छ, उनले गरेको शब्दहरूको प्रयोगदेखि लिएर उनले त्यस उपन्यासमा गरेका
घटनाहरूको कल्पनाले मलाई निकै मन्त्रमुग्ध बनायो ।नारायण वाग्ले एक मेरै
गाउँठाउँका मानिस भएका कारणले पनि उनको कुरा बाबा-हजुरबुबाको मुखबाट धेरै सुन्ने
गर्दथेँ, विशेष गरी उनको सोही पुस्तक, ‘पल्पसा क्याफे’ र उनको कुशल पत्रकारिताको चर्चा
हाम्रो घरमा बारम्बार भई नै राख्दथ्यो । मेरा बाबा, काकासँग एकै ठाउँमा हुर्किएर, एकै ठाउँको पानी
खाएर, एकै ठाउँमा अध्ययन गरेका उनको यस्तो प्रशंसायोग्य
लेखकीय कलालाई एकाग्र भई हेर्न मलाई पनि मन थियो । कति फरक हुँदो रहेछ एकै
वातावरणमा हुर्किएका मानिसहरूको स्वभाव र उनीहरूमा भएको ज्ञान पनि । कसैले आफ्नो
दक्षता कुनै क्षेत्रमा देखेर जिन्दगी नै त्यसैमा बिताउने गर्छन् र कसैले कुनै
भिन्नै क्षेत्रमा । सायद उनको प्रशंसा धेरै ठाउँबाट सुनेर होला, मैले उनको पुस्तक निकै घोरिएर पढेको थिएँ । आखिर कस्तो रहेछ त यति बढी
चर्चा र प्रशंसा पाएको उपन्यास ? मदन पुरस्कार
विजेता यस पुस्तकमा के विशेषता रहेछ त ?भन्ने मनमा
प्रश्नहरू थिए पुस्तक पढ्नु अघि ।
आफूलाई पढ्न मन भएको तर पुस्तक पढ्ने बानी
नभएकाले एक पाना पढेर पनि छाडेको पुस्तक थियो त्यो, निकै अगाडि - म १४-१५ वर्षको हुँदा । तर प्रशस्त फुर्सद भएको यस समयलाई
उपयोग गर्न मैले एक पुस्तक पढी हेरौँ न त भन्ने सोच राख्दा दिमागमा आएको पहिलो
पुस्तक यही नै थियो । पुस्तक पढ्न थालेँ तर पढ्न थाल्दा फेरि पहिले जसरीनै पढ्न मन
लागेन भने के गर्ने ?भन्ने सोच र डर हुँदाहुँदै पनि
आफूले अठोट लिएपछि यस्ता कामहरू गर्न केही गाह्रो नहुने कुरा मैले यस पुस्तक पढेर
सकेपछि बुझेँ । पुस्तक पढ्न थालेपछि मलाई त्यसैमा डुबूँजस्तो लाग्ने गर्दथ्यो, एक पटक पुस्तक समाएपछि ३-४ वटा जति अध्याय नसकिन्जेलसम्म पुस्तक मै
घोरिरहन्थेँ । त्यसैले त मैले सुरु गरेको ४ दिन पनि नहुँदै पुस्तक पढेर सकिसकेको
थिएँ । उनले आफ्नो पुस्तक यस्तो ढङ्गले लेखेका छन् कि पुस्तक पढ्ने बेलासम्म
पाठकले पुस्तकका पात्रहरुलाई आफ्नै आँखा वरिपरि घुमिरहेको पाउँछ । उनको लेखन
शैलीको कारणले पुस्तक पढ्दा म आफैलाई पनि पुस्तकको एक पात्रका रुपमा देख्दथेँ ।
उपन्यासका घटनाहरू निकै मिलाएर एकदमै क्रमबद्ध रूपमा राखेका छन् जसले पाठकलाई कुनै
पनि अन्योलमा पर्नबाट वञ्चित गराउँछ । माओवादी द्वन्द्वकालको त्यस कथालाई उनले
आफैले भोगेझैँ आफ्नो सारा मेहनत त्यसैमा पोखेर पाठकलाई सहज हुने ढङ्गले लेखेका छन्
भन्ने मेरो बुझाइ छ ।
माओवादी
द्वन्द्वकालमा आम नेपाली जनताले भोगेका पीडालाई लेखकले मूलतः पात्रहरू दृश्य र
पल्पसाको भोगाइ बनाएर पुस्तकमा उतारेका छन् । यसको अतिरिक्त, अन्य पात्रहरू जसले अनेकौँ दुःख
भोग्न बाध्य हुन परेको छ, राम्ररी जवानी पनि देख्न
नपाएका आफ्ना छोराछोरी गुमाउनु पर्दाको पीडा कैयौँ नेपालीको साझा पीडा हो, जसलाई लेखकले कुनै पनि गुनासो रहने ठाउँ नछाडीकन पुस्तकमा कहिले को त
कहिले को गर्देै अनेक पात्रहरूको पीडासँग मेल खुवाउन खोजेका छन् । पुस्तकमा उनले
प्रयोग गरेको साहित्यिक भाषा त छँदै छ उपन्यासलाई आकर्षक बनाउनको लागि, तर उनको यस्तो घटनाहरूको कल्पना र सही ढङ्गले गरेको प्रस्तुतिले
उपन्यासलाई अझ सुनौलो रङ्ग दिएको छ । नेपाली जनताको साझा पीडा र आफूले भोगेको
घटनासँग धेर-थोर मिल्दोजुल्दो भएको हुनाले पनि उनले यस कथालाई यति प्रस्टसँग
प्रस्तुत गर्न सक्षम भएका हुन् जस्तो मलाई लाग्छ ।
उपन्यासले
नेपाली जनताको तात्कालीन जीवनशैलीलाई त देखाउन खोजेको छ नै, यसमा लेखकले उपन्यास मार्फत् एक अधुरो तर गहिरो र सद्भावयुक्त प्रेम
सम्बन्धको पनि चित्रण गरेका छन् । कहिल्यै प्रत्यक्ष रूपमा प्रेमको प्रस्ताव
राख्ने समय नजुरे पनि दृश्य र पल्पसा बीचको सम्बन्ध गहिरो र अर्थपूर्ण रहेको भाव
स्पष्ट देख्न सकिन्छ । यसका अलावा भावनात्मक प्रेमीका पल्पसासँगको वियोगपूर्ण
बिछोड र त्यसले दृश्यमा पारेको असरलाई देखाउँदै प्रेमीसँगको बिछोडले जोसुकैलाई पनि
पर्ने चोटको प्रभाव दर्शाएका छन् । उपन्यासले पल्पसाकी प्रेरणादायी हजुरआमासँगको
दृश्यको लगाव, उहाँप्रतिको आकर्षण र सद्भावका कारण
दृश्यले हजुरआमासँग पल्पसाको सच्चाइबारे व्यक्त गर्न असक्षम रहेको कुरा देखाएको छ
जुनबाट कसैको हेरचाह गर्नका लागि कहिलेकाहीँ आफूले कतिसम्म कठोर कदम चाल्न पर्दछ
भन्ने कुरा बुझ्न सकिन्छ ।
साथी सिद्धार्थलाई
सही बाटो देखाउने प्रयास गर्दागर्दै पनि सिद्धार्थले लिएको मार्ग दृश्यको नजरमा
गलत थियो । लामो संवादपछि सिद्धार्थ आफूले लिएको मार्गको महत्त्व बुझाउनको लागि
दृश्यलाई आफूसँगै एक यात्रामा लिएर जान्छन् जसलाई दृश्यले आफ्नो बाल्यकाल सम्झने र
आफ्नो चित्रकलालाई नयाँ आयाम दिने अवसरका रुपमा सदुपयोग गरेका छन् । लामो भूमिका
नभए पनि सिद्धार्थको यस उपन्यासमा भूमिका ठूलो रहेको छ ।
गहिरो भाव
बोकेको यस उपन्यासका यी घटनाहरू मार्मिक छन् । यी सबै मार्मिक घटनाहरूबाट जब
चित्रकार दृश्य टाढिने क्रम चलिरहेको थियो, दृश्यले जब आफ्नो
पुरानो जीवनलाई एक फ्रेममा सजाएझैँ गरी आफ्नो सम्झनामा राख्ने र यसलाई एक पुस्तक
मार्फत् व्यक्त गर्ने सोचले अघि बढिरहेका थिए, एक
अप्रत्याशित घटना उनले फेरि भोग्नु परेको हामीले बुझेका छौँ । हुन त उनको जीवन नै
अप्रत्याशित घटनाले घेरेको एक तनावपूर्ण जीवन थियो, तर
पनि यस घटनाले उनको जीवनमा अझ तनाव थपिदिएको भाव लेखकले व्यक्त गरेका छन् ।
दृश्यको लागि सो घटना जति अप्रत्याशित थियो, त्यति नै
एक पाठकलाई पनि उपन्यासको अन्त्य त्यति नै अप्रत्याशित लाग्नु स्वाभाविक नै छ ।
उनको उपन्यास
पढिसक्दा मलाई एक हिसाबले नैराश्यता बोध पनि भएको थियो, किनभने उनको लेखनमा म यति डुबिसकेको रहेछु कि मैले त त्यस उपन्यासको
अन्त्यपछि पनि त्यस पछिको घटनाको आशा गरिरहेको थिएँ र त्यस कथालाई त भित्रभित्र
यथार्थता नै सोच्न थालिसकेको थिएँ तर त्यो एक कथा हो र त्यसको अन्त्य त एक न एक
ठाउँमा गएर हुनु नै थियो । पाठकको मनमा एक उत्साह अथवा कुतूहलता भरेर उनले कथाको
अन्त्य गरेर उपन्यासलाई आफ्नो कल्पनाको सुमधुरताले घेरेका छन् जस्तो लाग्ने गर्छ ।
अन्योलमा
उपन्यासको अन्त्य गरेका कारण त्यसपछिको कथाको कुतूहलता त एक पाठकमा हुन्छ नै ।
मुख्य पात्रको भविष्यलाई अन्योलमा नदेखाई एक टुङ्गो लगाइदिएर छाडेको भए राम्रो
हुने थियो भन्ने सोच पनि कतिलाई आउने गर्छ होला । तर एक हिसाबले हेर्दा उपन्यासको
अन्त्य पनि ठीक ठाउँमा नै गएर भएझैँ लाग्छ । उनले त्यसपछिको कथाको रचना गर्न
पाठकहरूलाई स्वतन्त्रता पनि दिएका छन् भन्ने म ठान्दछु र पाठकहरूबिच छलफलको विषय
पनि रखिदिएका छन् जस्तो लाग्छ । उनको यस्तो दीर्ध सोचाइका कारण पनि उनको यस
पुस्तकले सम्मान प्राप्त गरेको हो भन्ने मेरो सोचाइ छ । मेरो सोच उनको उद्देश्यसँग
मेल खाए, नखाए पनि मलाई उनको उपन्यासको यस्तो अन्त्य भने एक प्रकारले सोच्दा ठीकै
लागेको कुरा व्यक्त गरेको हुँ । साथै सिङ्गै उपन्यास पढ्दा लेखक वाग्ले शारीरिक
बनावटमा उनी जति अग्ला र स्निग्ध छन्, लेखनीमा पनि
उत्तिकै उचाइ तथा स्निग्धता रहेछ भन्ने महसुस गरेको छु ।
This comment has been removed by the author.
ReplyDeleteBhanja ko comment padhna paaiyena.
DeleteThis comment has been removed by the author.
Deleteकमेन्ट कसरी डिलिट भयो ?
ReplyDeleteहजुरले गर्नुभयो होला नि मन नपरेर
Deleteगज्जव । राम्रो पुस्तक समिक्षा गर्नुभएछ ।
ReplyDeleteयो लेख पढिसक्दा हजुरको लेखनशैली पनि राम्रो लाग्यो ।
धन्यवाद छोरी !
DeleteRamro chha Bhatij...hope to see u as a novelist soon.
ReplyDeleteधन्यवाद !
Delete