लघुकथा : द्वन्द्वकालको भूत
सुशीला शर्मा |
मैले कुरा बुझिहालेँ, तैपनि बाहिर निस्किएर सोधेँ- `खोइ, को आयो ? किन डरा´की यत्तिकै ?´
ऊ भनिरहेकी थिई-
`मलाई तिनिहरूसँग डर लाग्छ घरमा कोही नभएको बेलामा सँधै मेरो घरमा आउँछन् ।´
छोरी खोज्दै आमा आइपुगिन् र भनिन्- `लौ यो त यहाँ पो आइपुगेकी रहिछे, घरबाट कतै नजा भन्छु मान्ने होइन ।´ आमा केही नभएको जस्तो गरी सामान्य देखिन खोज्दै थिइन् तर छोरी भने एकदमै हतास मनस्थितिमा देखिन्थी ।
मैले सोधें- `के भयो माइली ? फुलमाया त तर्सिएकी जस्ती देखिन्छे नि ?´
मेरो कुरा नसुनेझैँ गर्दै एक्लै बोलिन्- `वाक्क पारिसकी यसले त मलाई, ती के-के भनाउँदाले नाबालक छोरी लिएर गए; युद्धमा लगाए अनि के के गरे । आफूहरू सत्तामा पुगेर मोज गर्दैछन् । मेरी छोरीको यो हाल बनाएर छोडे, के गरे तिनले हामीलाई ? हाम्रो दुख हामीसँगै रह्यो । अझ हुँदा खाँदाकी मेरी कल्कलाउँदी छोरीको यो हाल बनाइदिए । कहिल्यै भलो नहोस् तिनको।´
राम्रो !
ReplyDeleteधन्यवाद
Deleteमार्मिक लघुकथा ।
ReplyDeleteद्वन्द्वकाल प्रत्यक्ष भोगेका कयौँ मानिसहरुको मनमा त्यो बेलाको त्रास अझै पनि जिवितै छ । 😢😍