यौटा थियो झुसे मुसो
अर्को थियो बिरालो
मुसो थियो दुलाको त
दूध खाऊँ खोपामा छ
ठेकीमा छ दही
मासु खान कुकुर आउँछ
के खाने हो खै ?
मुसालाई क्वाप्प खाने
दाउ गर्थ्यो बिरालो
टाठो मुसो उम्किहाल्थ्यो
खिस्स पर्थ्यो बिरालो
कुत्रुकुत्रु पार्दै मुसो
गर्नु बिठ्याइँ गर्थ्यो
बिरालाले थाहा पाउँथ्यो
चाल मारेर झर्थ्यो
मुसो खान पाउँछु भनी
उतै जान्थ्यो बिरालो
अरू खान के पाउँथ्यो र !
लोप्पा खान्थ्यो बिरालो ।
– भोर्लेटार, लमजुङ (रचनाकाल
: २०५६/११/१२)
No comments:
Post a Comment