रमेशचन्द्र घिमिरे
|
थोरै खान्छु है ?
दूध खाने भन्दै थिई
बहिनी कता गई ?
गिलाँसमा राखेर
थोरै खान्छु है ?
ठेकीभित्र जमाएको
एक राते दही
कचौरामा झिकेर
थोरै खान्छु है ?
घार्रघुर्र पारेर
मथेपछि मही
अङ्खरामा सारेर
थोरै खान्छु है ?
नौनी तताई बनाएको
घ्यू कता छ खै ?
साझी भातमा मुछेर
थोरै खान्छु है ?
No comments:
Post a Comment