चरीको रहर ! (बालकविता)
रमेशचन्द्र घिमिरे |
तान्दा पनि भएन
बल् गरेर लात्तीले
हान्दा पनि भएन
उदेक र अचम्म
देख्छु थरिथरिको
रहर हो कि कर हो
सानासाना चरीको
कठै बरा बिचरा
तिर्खा मेट्छन् कसरी
पानी पिउनै नपाए
नत्र जिउँछन् कसरी ?
आहाल बस्ने भ्यागुता
आहालमै कराए
खडेरीले चुसेर
मूल त्यसै हराए
यत्ति कुरा चरीले
किन थाहा पाउँदैन ?
धारा मात्रै भएर
पानी आफै आउँदैन ।
No comments:
Post a Comment