चरीको आश्रय (कविता)
भानु ढुंगाना, क्यानेडा
गाैँथलीको चिरिबिरी जस्तै लागेरहेर्न भनि झट्टै गएँ ईच्छा जागेर
जस्तै थियो गाैँथली अलि ठूलो हो
मैना जस्तै परेको कैलो रङ्गको।।
हाम्रो घरको बरण्डामा चरी आको छ
मुखभरी झिँजाहरू बोकी ल्याको छ।
भन्दै आए छोरा छोरी, झण्डै मैना भो
खोई चरा भन्दै जाँदा उडी गए थ्यो।।
झुण्डाएको गमलामा कृृृत्रिम फूल थियो
एकैछिनमा फेरि चरी आई बस्या थियो।
फेरि गएँ हेर्न भनि झिँजा राखी गयो
गमलामा गुँँड लाउँदै दस दिनजति भयो।
दुईटा चरी आउँदै जादै गर्दै गर्या थिए
आज भने गमलामा बचेरा कराई दिए।
खुसी हुँदै यो मन यसै हेर्न गएको
देख्न पाउँदा गमलामा बच्चा भएको।।
दिदीभाइ मिलिजुलि फोटा लिन थाले
वनमा उड्ने चरीले घरमा बच्चा पाले
छेउमै लगी चारो राखी दिनु पर्छ भन्दै
चियरमा चडी भाइले बच्चाहरू गन्दै।।
हाम्रो घरको बरण्डामा चरी आएको !
भुर्र उड्दै आउँदै जाँदै गर्दै धाएको।
रातो कालो मिसिएको रङ्ग भएका,
मैनाभन्दा अलि साना चरा रहेका।।
छेउमा पुग्दा नभाग्थे अस्ति देखि नै
प्यारो लाग्ने सँधै मलाई चरादेख्न मै।
च्याँ च्याँ गर्ने बचेरा गमलामा छन्
हाम्रो घरको बरण्डामा चरा कराउँछन्।।
बधाई छ, भानु सर !
ReplyDelete