विवेचन घिमिरे |
माटो बचाऊँ अब (कविता)
छन्द : शार्दूल विक्रीडित
के खोक्छौ घरबाट फेसबुकमामाटो हरायो कहाँ ।
के उठ्थ्यौ खुकुरी लिएर मनमा
बाटो हरायो कहाँ ।
पुर्खाले जसरी लडेर घरको
गाथा छ कोर्नू जब।
हे मूर्ख किन सुत्दछौ सयनमा
माटो बचाऊँ अब ।।
सुन्थेँँ है इतिहासमा म त सदा नाला र पानीहरु ।
पुर्खाको बलिदान हो अझ भनौं काला र पानी हरु ।
के हाम्रै लिपुलेकमा बिगतको गाथा थियो हैन र ?
के लुक्छौ नव यूगका जनहरु माटो बचाऊँ अब ।।
लड्थ्यौ हे घरमा त शासकहरु खै छौ कता छौ भन ।
के हाम्रो अनि सार्बभौम सबको हुन्थ्यो एकै हैन र ?
खै हाम्रो कुटनीति छैन बलियो हेप्छन् सबैले तर ।
हे खोक्रा अनि राष्ट्रवादी जन हो माटो बचाऊँ अब ।।
खोज्दैछू म त आज यो धरतिमा भक्ती र कालू जब ।
जो भेट्थेँ अनि सोच्दथे मगजमा लाछी सबै मानब ।
के ताक्छौ सरकारको मुखसबै बन्दै भयो है जब ।
बैरीको बरु प्यूनु त्यो रगतनै माटो बचाऊँ अब ।।
उठ्नू हे घरबाट फुर्तिसँगले आँसी हताैडा लिनु।
जे जे थ्यो घरमा लिएर सबले सत्रू भगाइ दिनु ।
भो रुक्नु अब हुन्न यो समयमा लागौं सिमाना सब।
लड्छौ सास रहोस् न मुठ्ठिभरमै माटो बचाऊँ अब ।।
दामी
ReplyDeleteगज्जब
ReplyDelete