लघुकथा : सौतेनी आमा
गङ्गा आचार्य सापकोटा
`बेस्सरी गलिछ्स् बाबै । तेरो भाइ पनि चुस्स परेको देख्छु अचेल । तँ त बुझ्ने भएकी छस्। ठुली भैसकिस् । आफ्नो र भाइको ख्याल राखेस् । सौतेनी आमाको ज्यादै भर नपरेस् ।
मनकारी होली जस्तो पनि देख्दिनँ त्यो आइमाई । खान त राम्रैसँग दिन्छे ? अभागी रहेछौ तिमीहरू । के गर्नु आमाले सानैमा छोडेर मरी । तिमीहरूकै मायाले भनेकी हुँ यी सबै कुरा । कसैलाई नभनेस् नि फेरि !´ सिरानघरे ठुली बज्यैले सदाझैँ कोही नभएको मौका पारी आज पनि विश्वनाथकी छोरी कमलाको कान भरिन् ।

`हजुर सधै यस्तै कुरा गर्नुहुन्छ, हजुरआमा । उपचार गर्दागर्दै पनि आमालाई रोगले लग्यो । हामी सबै असाध्यै रोयौँ, दुःखी भयौँ । संसारै अँध्यारो भएको थियो । भाइले सधैँ आमा आमा भनेर रुन्थ्यो ।हाम्रो लागि नै बाले बिहे गरेर अर्की आमा ल्याउनुभयो । घरमा फेरि रौनक छायो । बा पनि खुसी देखिन थाल्नुभयो । हामी पनि खुसी छौँ । आमाले उत्तिकै ख्याल राख्नुहुन्छ हाम्रो । सौतेनी आमा भन्दैमा सबै नजाती हुन्छन् र ? आमाको ठाउँमा आमा पाएका छौँ । हामी कसरी अभागी भयौँ ?सधैँ सौतेनी आमा यस्ती-उस्ती भन्ने नचाहिँदा कुरा गर्न हाम्रो घर नआउनुहोस् । आमाले थाहा पाए कति चित्त दुख्ला ?´कमलाले ठुली बज्यैतर्फ हेर्दै भनी ।
`आफ्नै भलोका लागि भनेको कुरो पनि बुझ्दिरहिनछस् । फिटिक्कै बुद्धि रहेनछ तेरो ।´ झनक्क रिसाउँदै पिँढीको डिलबाट ओर्लिइन्, ठुली बज्यै ।
No comments:
Post a Comment