बाल कविता : भोको बिरालो
भानु ढुङ्गाना |
ङ्याउँ गर्दै करायो, भोकाएछ बिरालो
सिलिङमाथि चढेर तल हेर्छ भिरालो
आज मुसा भेटेन कि किन त्यसै करायो ?
चाैका चुलाभन्दा आज टाढै बसी करायो
साना- साना छाउरा छन् माउ साह्रै भोकायो
ङ्याउँ-ङ्याउँ गर्दै अघि सर्दै छेउमै ऊ आयो
दूधमा जाउलो मुछेर दिनु पर्छ अब नै
माउले मीठो पाए त बच्चा जाग्ने तब नै
भकारी र ढिकुटीका अनि खेतका गराका
मुसा रुङ्छन् बिराला बारी खेत घरका
बिहान र बेलुका मीठो पारी खान दिऊँ
तलामाथि तलामनि घुम्न खेल्न जान दिऊँ
मुसा मारी खाने हो बिरालाको जात
नभेट्न नि सक्ला हुन् दिनु पर्छ भात
उसैले नै धान मकै जोगाइदिन्छ धन
बिरालालाई दया गर्ने हुनु पर्छ मन
कुना काप्चा चेपचापका मुसा खोज्ने छन्
छाउराहरू आँगन र पाली खेल्न जान्छन्
माटो खोस्री आका गरी लुकाएर छाड्छन्
कति चलाख बिराला साह्रै बुद्धिमानी छन् ।
साभार : https://www.saranginews.com/kala-sahitya/2376
- हाल : क्यानडा
No comments:
Post a Comment