जनार्दन दाहाल |
रुँदै-रुँदै सान्नानीले चित्त दुखाइन्
आँखाबाट झर्ने आँसु सबै सुकाइन् ।
शिक्षक र शिक्षिकाले गृहकार्य दिने
मेरा माता पिता साउँ अक्षरमात्र चिन्ने
यस्ता धेरै समस्याका गाँठो फुकाइन्
रुँदै-रुँदै सान्नानीले चित्त दुखाइन् ।
कहिले माता पिता गर्नु हुन्छ झगडा
बाबाभन्दा हुनुहुन्छ है आमा झन् कडा
यस्ता धेरै पिर व्यथा सबै लुकाइन्
रुँदै-रुँदै सान्नानीले चित्त दुखाइन् ।
पढ्ने लेख्ने बेला हो यो पढ्नु पर्छ साथी
चन्द्रमा र सूर्यभन्दा पुग्नु पर्छ माथि
यस्तो आफ्नो उद्देश्यको कुरो फुकाइन्
रुँदै-रुँदै सान्नानीले चित्त दुखाइन् ।
शुक्लागण्डकी, तनहुँ
No comments:
Post a Comment