बाल गजल !
प्रकाश आचार्य `भावुक´ (प्रभा)
यी बाल तनलाई , खुल्न देऊ
गुराँसझैँ मनलाई , फुल्न देऊ !!
शान्तिपथमा रणलाई, भुल्न देऊ
बेँसी टार र फाँटमा लहलह
सुनबाला झुलेसरी ,झुल्न देऊ !
नाैरङ्गी डाँफेकाे रङ्गले रङ्ग्याउँछाैँ
मातृभूमि नेपाललाई, चुल्न देऊ !
यी बाल तनलाई , खुल्न देऊ
गुराँसझैँ मनलाई , फुल्न देऊ !!
दिक्तेल रु.म., खाेटाङ
आचार्यनगरी
माझाघर !
No comments:
Post a Comment