प्रकाश आचार्य "भावुक"(प्रभा)
|
आमा यता आइदिनू
बाल कविता
हिउँ जस्ती गाेरी छु
सानी प्यारी छाेरी छु !
आमा यता आइदिनू
सानाे सानाे कपाल छ
अब कस्ले सम्हाल्छ !
आमा यता आइदिनू
बाटी धागाे लाइदिनू !!
अनार झैँ दाँत छन्
खुसी भई हाँस्दछन् !
आमा यता आइदिनू
टिकी पनि लाइदिनू !!
डाँफे जस्तै गरेर
आएँ खुसी भरेर !
आमा यता आइदिनू
गुँरास टिपी लाइदिनू !!
नाच्छु अब मयुरझैँ
हुँ नेपाली छाेरी मैँ !
आमा यता आइदिनू
देशकाे गीत गाइदिनू !!
- दिक्तेल रु.म.खाेटाङ्ग
आचार्यनगरी माझाघर
आचार्यनगरी माझाघर
निकै मीठो छ कविता ।
ReplyDeleteहजुर, निकै मीठो छ !
Deleteनिकै मिठास छ गीतमा ।
ReplyDelete