गजल
- रमेश लामिछाने 'अविरल'
अति दु:ख गर्छन् बाले, सुख कहिले पाउने होला ?
पट्ट फुट्या पैतालाले, सुख कहिले पाउने होला ?
व्यवस्थाले रङ बदल्यो, रीति उस्तै उस्तै रह्यो
किसान मजदुर भरियाले, सुख कहिले पाउने होला ?
निर्धो ठानी बारम्बार उस्ले तिखा नङ्ग्रा गाडेको छ
लिपुलेक लिम्पुधुराले, सुख कहिले पाउने होला ?
मदन कहाँ मुना छिन् यहाँ विगतजस्तै छ तड्पन अझै
बितेन दिन सुबिस्ताले, सुख कहिले पाउने होला ?
माग्नेलाई लात्ती ठोकी मन्दिर छिर्दैछ त्यो धर्मात्मी
पत्थर पुज्ने मनुवाले, सुख कहिले पाउने होला ?
- मध्यनेपाल न.पा.-६, भोर्लेटार, लमजुङ ।
No comments:
Post a Comment