मेरो भाइ बाल–गजल
- रमेशचन्द्र घिमिरे
कहिले खिस्स हाँस्छ कहिले बर्र आँसु झार्छमेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ
चट्ट पारी सजाएको मन पर्दैन यसलाई
मिलाएको कापी फ्याँक्छ, किताब अन्तै सार्छ
पैले पैले क, ख भन्थ्यो ए,बी,सी,डी भन्थ्यो
पढ्न जाऊ भन्दा अहिले हाँसेर ऊ टार्छ
“घरको बाघ वनको स्याल” हो रहेछ साँच्चै
घरमा जितार हुने मान्छे बाहिर जाँदा हार्छ
सुत्न पनि पर्ने यसलाई खेल्न पनि पर्ने
जे–जे गर्छ गरिरहोस् आज शनिबार छ ।
No comments:
Post a Comment