रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ |
फर्केर आऊ घर (कविता)
छन्द : शार्दूल विक्रीडित
बाबा छन् घरमा सिकिस्त अहिले आमा भइन् चिन्तित
डुब्दैछौँ पिरमा जहान घरका छैनौँ खुसी किञ्चित
प्यारो दाजु नदेखिँदा सबजना रुन्छन् कठै धर्धर
सम्झी भाइ, बुबा, मुमा र बहिनी फर्केर आऊ घर ।।१।।

त्यो कोलाहलमा प्रदूषण भई हल्ला र धूलोमहाँ
हुन्छन् खल्बल रे अशान्त झगडा हुन्छन् लडाईं त्यहाँ
छोडी त्यो धमिलो धुलो शहर लौ छिट्टै बसाईं सर
माटोको ममता लिई मुटु भरी फर्केर आऊ घर ।।२।।

यी खोला–छहरा पहाड पहरा पानी–पँधेराहरू
साह्रै सुन्दर छन् अनन्य धरती पाखा–पखेराहरू
यो बस्ती छ सफा र गाउँ सुकिलो यो ठाउँ हो सुन्दर
सम्झी जो परिवेश बालक छँदा फर्केर आऊ घर ।।३।।

रोप्नू हिम्मतले डटेर जति छन् बाँझो र रूखा गरा
छर्नू पौरख नित्य जाँगर भरी फैलाउनू ती धरा ।
खन्नू खेत कुटो लिई अब यहाँ पर्नू स्वयम् निर्भर
बिर्सी च्याट्ट पराइको शहर त्यो फर्केर आऊ घर ।।४।।

छाडी सुन्न विचार मूर्ख जनका छोडेर आऊ घर
बाधाअड्चन छन् विचार पथमा तोडेर आऊ घर
ईर्ष्या लालच डाह राग जति छन् तर्केर आऊ घर
भो धेरै नभनूँ फरक्क अहिले फर्केर आऊ घर ।।५।।

No comments:
Post a Comment