कृष्णशरण उपाध्याय |
बालकविता : म्याऊँ म्याऊँ म्याऊँ
………………………मैँ सानी बिराली ।
म्याउँ म्याउँ म्याउँ !
खाने कुरा केही छैन ।
के खाऊँ खाऊँ ?
#
म त भोकी हुँदैछु ।
त्यसैले त रुँदैछु ।।
मीठो मीठो खाने कुरा ,
खान कहाँ पाऊँ ?
म्याऊँ म्याऊँ म्याऊँ !!
#
बाच्छा बाच्छी लाटा छन् ।
मुसा टाठा - बाठा छन् ।।
मलाई देख्छन् लुक्दछन्।
खोज्न कहाँ जाऊँ ?
म्याऊँ म्याऊँ म्याऊँ !!
#
भान्सा भित्र पसूँ कि ?
बुबु खान बसूँ कि ?
खाईपिई गरेर ,
म नाचूँ कि गाऊँ ?
म्याऊँ म्याऊँ म्याऊँ !!
#
राम्रा कुरा सुन्छु म ।
ज्ञानी पनि हुन्छु म ।।
चाटी चाटी हात ले ,
मुख पनि धुन्छु म ।।
सुरी मेरो नाउँ !
म्याऊँ म्याऊँ म्याऊँ ।
[छन्द : मात्रिक]
- देवघाट, तनहुँ (हाल : बन्दिपुर)
सारै रमाइलो कविता । माज्ञिकछन्द पनि रमाइलो छ । बच्चाबच्चीले यो कविता औधिी मन पराउछन् ।
ReplyDeleteधन्यवाद सर !
ReplyDelete