रमेश लामिछाने 'अविरल' |
गजल
मानवताको सीमा यसरी तोडिदिन्छन् दुःख लाग्छ
पुण्य फलाक्दै पाखण्डी खोल ओडिदिन्छन् दुःख लाग्छ
उही दलितले बनायो कुवा धारो ठाउँ-ठाउँमा
कतिसम्म अहङ्कार दर्साउँछन् ए उच्चताको
कुजात भन्दै तुच्छ वचन छोडिदिन्छन् दुःख लाग्छ
केलाई भनूँ सभ्यता खै मानव भुल्दैछ मानवता
पशुसरह निँचतामा जोडिदिन्छन् दुःख लाग्छ
मिलिजुली समृद्ध समाज बनाउनुपर्ने थियो
कुप्रथाको खाडलतिर मोडिदिन्छन् दुःख लाग्छ ।
No comments:
Post a Comment