विष्णुहरि घिमिरे |
आशिषहरिको कुरा (छोटो कविता)
यो मोबाइल प्यारो छ चर्चित हरिले दिँदा ।
धेरै कुरा सिकेको छु यो मेरो हातले लिँदा ।
टिभी पनि पुरानो हो बज्न सक्छ अलिअली ।
न आए बिजुली फेरि लेख्छु ल्याप्टो टुकी बली ।१।
किताब छरलिएका कोठाभित्र जताततै ।
टिप्छु पढ्छु हुँदा प्यारो बसेर घरमा यतै ।
धेरै जसो बसी राख्छु कहिले हुन्छ यो पुरा ।
यस्तो कार्य मजा मान्ने आशिष हरिको कुरा ।२।
मध्यनेपाल-७, ईशानेश्वर (जिमिरे) लमजुङ
No comments:
Post a Comment