कोरोनाको डर (बालकविता)
- रमेशचन्द्र घिमिरे
आउन पनि कतिकतिरोग व्याधि आ´को हो
यतिखेर अरूभन्दा
डर कोरोनाको हो
घरै बस्छु दिनैभरि
बाहिर कतै निस्किन्नँ म
पैलेजस्तो डुल्दिनँ म
साथीसँग जिस्किन्नँ म
सुन्दा पनि मुटु काम्ने
कुन्नि के-के भा´को हो
परीक्षाको भन्दा पनि
डर कोरोनाको हो
साथीसँग हात मिलाउन्नँ
`के छ ?´ भन्दै मेरो यार
दुइटै हात जोडेर म
गर्छु बरु नमस्कार
मेरो जस्तै तिम्रो पनि
पक्कै सातो गा´को हो
त्यसै त्यसै झस्काउने
डर कोरोनाको हो
रुमालले मुख छोपी
हाच्छ्युँ गर्नु पर्छ रे
तर्किएर बस उतै
नत्र रोग सर्छ रे
थुनिएर घरमै बस्दा
कति अत्यार ला´को हो
तिमी, हामी सबैलाई
डर कोरोनाको हो ।
- भोर्लेटार, लमजुङ
≜🏊(२०७६/१२/१४)
No comments:
Post a Comment